२०८३ बैशाख ६ गते , आईतबार

सानिमा लाइफको आइपिओ शनिबार बाँडफाँड हुने

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण २९ गते , शुक्रबार
सानिमा लाइफको आइपिओ शनिबार बाँडफाँड हुने

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइप्पीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आइपीओ भोलि ११ बजे सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिने भएको हो।

सानिमाको आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आइपीओको ६।८४ गुणा बढी हो। यसमा केहि आवेदन रद्द हुन सक्नेछन्।

कम्पनीले बिक्रीमा ल्यएको आइपीओमा आवेदन गर्ने कुल आवेदकमध्ये ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाउनेछन् ।

सानिमा लाइफले साउन २० गतेदेखि २४ गतेसम्म कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो जसमा कम्पनीले कर्मचारीलाई ३ लाख कित्ता शेयर र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएको छ भने बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने छ।

सम्बन्धित समाचार