२०८३ आश्विन १६ गते , शुक्रबार

मोरङमा ब्राउन सुगर सहित झापाका २ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
मोरङमा ब्राउन सुगर सहित झापाका २ जना पक्राउ

मोरङ । मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाल १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना अधिकारी नविनराज राईले जानकारी दिए । 

शुक्रबार बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई १ ग्राम ६७ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको थियो । पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको बताएपछि तत्काल प्रहरीले दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटियाबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरेको सुचना अधिकारी राईले बताए । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार