२०८३ बैशाख ६ गते , आईतबार

बाबुलालको नेतृत्वमा झापा तेक्वान्दो संघ

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३२ गते , सोमबार
बाबुलालको नेतृत्वमा झापा तेक्वान्दो संघ

झापा  नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति झापाको तेस्रो जिल्ला अधिवेशन आइतवार सम्पन्न भएको झापा जिल्ला खेलकुद विकास समितिको हलमा सम्पन्न अधिवेशनबाट बाबुलाल सुब्बा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको

नेपाल तेक्वान्दो संघले आफ्नो विधान परिवर्तन गरी तेक्वान्दोसँग आवद्ध प्रशिक्षक समितिमा बस्ने नपाउने नियम बनाएपछि प्रदिप श्रेष्ठ अध्यक्ष रहेको जिल्ला कार्यसमिति विगठन गरी बाबुलाल सुब्बाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो

आइतवार सम्पन्न चुनावी प्रक्रियाबाट अन्य पदाधिकारी तथा सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा चुनिए यस्तै। सदस्यहरुमा दिपेन धिमाल, जंगबहादुर राजवंशी, ज्ञानेन्द्र खड्का, सञ्जय राई सुरेन्द्र चौधरी निर्वाचित भएका छन्

निर्वाचन प्रक्रियाका लागि निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली थिए भने सदस्यहरुमा कराते प्रशिक्षक सौरभ प्रधान सोनु राजवंशी थिए

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपानेको प्रमुख आतिथ्य तथा प्रदेश नं का सचिव गोपाल राईको विशेष आतिथ्यमा सम्पन्न उद्घाटन सत्रको अध्यक्षता बाबुलाल सुब्बाले गरेका थिए कार्यक्रमको सञ्चालन कुमार भट्टराई तथा आर्थिक प्रतिवेदन पुनम सुब्बाले प्रस्तुत गरे

उद्घाटन सत्रमा तेक्वान्दो सहायक प्रशिक्षक कर्ण दहाल, जितेन्द्र मेचे, हरि भुजेलसहित शिक्षासेवी गुणानन्द थापा, जेम्स सुब्बा लगायले शुभकामना मन्तव्य व्यक्त गेका थिए

सम्बन्धित समाचार