२०८३ बैशाख ६ गते , आईतबार
बिर्तामोडबाट ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा । बिर्तामोडको नयाँ बसपार्क नजिक मिलन चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेकोछ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार दिउसो १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले मे२प ८६८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम सहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।