२०८३ बैशाख ६ गते , आईतबार

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न निर्देशन

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २ गते , बुधबार
गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न निर्देशन

 झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन दिइएको

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको बैठकले गिरीबन्धु टी इस्टेटको २८० विगाहको बयान सट्टापट्टा गर्न स्वीकृत दिने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन नै संशाधन गरेर गिरीबन्धु टी इस्टेटलाई सट्टापट्टाको अधिकार दिएको गिरीबन्धु टी इस्टेटको बिर्तामोडको जग्गा विगाहकै करिब २० करोड पर्छ, तर कम मूल्य पर्ने जग्गासँग सट्टापट्टा गर्न खोजिएको

बैठकले हदबन्दीभन्दा बढी जग्गा कहाँ कति भन्ने विवरण ३१ भदौभित्र पेश गर्न पनि निर्देशन दिएको टी इस्टेटले भूमाफियाहरुसँगको सेटिङमा बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकामा रहेको ३ सय ४० बिगाह जग्गालाई सस्तो मुल्यको ग्रामिण जग्गामा स्थानान्तरण गरी यहाँको महँगो मुल्यको जग्गामा प्लटिङ गरी अरबौँ कमाउने योजना दशक अघिदेखि बनाएको थियो । भूमाफियाहरुले लगातार सरकारसँग ठूलो आर्थिक चलखेल गरी केपी ओली नेतृत्वको सरकार जाँदाजाँदै भूमि सम्बन्धि ऐन नै संशोधन गराएर आफ्नो सपना साकार बनाएपनि वर्तमान सरकारले उक्त कार्यमा तगारो हाल्न शुरु गरेको छ । 

सम्बन्धित समाचार