२०८३ बैशाख ५ गते , शनिबार

सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २ गते , बुधबार
सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का

काठमाडौं नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन्

यही अगष्ट अन्तिमदेखि सीपीएल टी-२० क्रिकेट आयाेजना हसँदैछ तर सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकाेले सीपीएल गुमाउने भएका हुन्

यसअघि भिसा समस्याका कारण सन्दीपले टी-२० भाइटालिटी ब्लास्ट दी हन्ड्रेड गुमाएका थिए

सीपीएल यक अगस्ट २६ तारिखदेखि सेप्टेम्बर १५ सम्म सेन्ट किट्समा आयाेजना हुँदैछ त्यसका लागि सन्दीपलाई डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले अनुबन्ध गरेको थियो

तर सन्दीप अगष्ट अन्तिममा नेपाली टिमसँग ओमान भ्रमणमा जाने भएकाेले सीपीएल खेल्न नभ्याउने भएका हुन्

सीपीएलले मंगलबार अपडेट गरेकाे टिम लिस्टमा पनि सन्दीपकाे नाम छैन

ट्रिनबागाेले केही दिनअघि यासिर शाहलाई अनुबन्ध गरिसकेकाे सम्भवत उनी सन्दीपकै स्थानमा टिममा अनुबन्ध भएका हुन्

आईसीसी विश्वकप लिग काे ट्राई सिरिजर त्यसअघि पपुवान्यु गिनी (पिएनजी) सँग हुने दुई खेलका लागि नेपाली टिम अगस्ट अन्तिममा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको

केही दिन क्वारेन्टिन बस्नुपर्ने भएकाेले नेपाल केही चाँडै जान लागेको हो

नेपालले पिएनजीसँग सेप्टेम्बर मा खेल्ने पक्का भइसकेकाे

यस्तै नेपाल, ओमान अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने तय

सन्दीपले ओमान भ्रमणपछि सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने चौथोसंस्करणबारे एभरेस्ट प्रिमियर लिग खेल्नेछन्

यसपटक उनी काठमाडौं किंग्स-११ को कप्तानको नियुक्त भएका छन्

सम्बन्धित समाचार