२०८३ बैशाख ६ गते , आईतबार

अरुण कावेली पावरको साधारणसभा आह्वान, १७ प्रतिशत बोनशपश्चात शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २ गते , बुधबार
अरुण कावेली पावरको साधारणसभा आह्वान, १७ प्रतिशत बोनशपश्चात शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

काठमाण्डौ । अरुण कावेली पावर (AKPL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले १७ प्रतिशत बोनस कर प्रयोजनको लागि .८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

 

 

साथै कम्पनीले उक्त बोनसपश्चात बराबर शेयरको अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ।

लाभांश वितरण प्रयाेजनको लागि कम्पनीले भदौ २६ गते शनिबार विहान ११ बजे कम्पनीको प्रधान कार्यलयमा साधारण सभा बोलाएको छ। सभा भने भर्चुअल माध्यमबाट हुने छ।

उक्त साधारणसभाले परित गरेपछि शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

सधारण सभामा कम्पनीले जना सञ्चालकको सँख्या घटाएर जनामा झार्ने प्रस्ताव समेत राखेको छ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएकोले भदौ १४ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश सभामा भाग लिन पाउनेछन्।

 

सम्बन्धित समाचार