२०८३ आश्विन १७ गते , शनिबार

राष्ट्रपति भण्डारीद्वारा दल सम्बन्धी अध्यादेश जारी

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २ गते , बुधबार
राष्ट्रपति भण्डारीद्वारा दल सम्बन्धी अध्यादेश जारी

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको रातोपाटीलाई जानकारी दिए । 
‘
अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने।  

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।  

सरकारले अध्यादेश जारी गरेपछि त्यसको विरोध भएको थियो भने राष्ट्रपतिले विवादित अध्यादेश जारी गर्न नहुने आवाज समेत उठेको थियो । तर, राष्ट्रपति सरकारले सिफारिस गरेपछि प्रक्रियाअनुसार जानुपर्ने निष्कर्षका साथ अध्यादेश जारी गर्ने निर्णयमा पुगेकी थिइन् । 

 

सम्बन्धित समाचार