२०८३ बैशाख ६ गते , आईतबार

नेपालको पहिलो खेल फिलिपिन्ससँग

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २ गते , बुधबार
नेपालको पहिलो खेल फिलिपिन्ससँग

काठमाण्डौ । कोरोना महामारीपछि तटस्थ स्थल उज्बेकिस्तानमा तय भएको एएफसी महिला एसियन कप२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो। भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूहएफमा रहको छ। छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ दोस्रो खेल सेप्टेम्बर २१ मा खेल्नेछ भने सोही समूहको सेप्टेम्बर २४ मा हुने अर्को खेलमा फिलिपिन्स हङकङ आमनेसामने हुनेछन्।

२८ टोलीलाई समूहमा विभाजन गरिएको छनोटअन्तर्गत चार सूमहमा चारचार टोली रहेका छन् भने अन्य चार समूहमा  तीनतीन टोली छन  समूहएफमा रहेको नेपालले फिलिपिन्स हङकङलाई पराजित गर्दै समूहविजेता बन्न सके मात्र नेपालले भारतमा आगामी जनवरीमा हुने एएफसी महिला एसियन कप महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछ ।

कुल १२ टोलीले खेल्ने एसियन कपमा आयोजक भारतसहित जापान, अस्ट्रेलिया चीनले स्थान बनाइसकेका छन । बाँकी आठ राष्ट्रले भने यसै वर्ष सम्पन्न हुने छनोट चरणबाट एसियन कप खेल्नेछन् छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछन ।

 

 

सम्बन्धित समाचार