२०८३ आश्विन १७ गते , शनिबार

भन्सार छलेर ल्याइएका ओरियन्सका सामान बरामद

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ४ गते , शुक्रबार
भन्सार छलेर ल्याइएका ओरियन्सका सामान बरामद

झापा ।  मेचीनगर नगरपालिका-६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ ।

बिहीबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधि बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार