२०८३ बैशाख ६ गते , आईतबार

अरू कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने माओवादी केन्द्रको निर्णय

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ६ गते , आईतबार
अरू कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता ध्रुवीकरण गर्ने निर्णय गरेको छ।

 

पार्टीलाई व्यवस्थित संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने स्थायी कमिटी बैठकले निर्णय गरेको हो।

पेरिसडाँडामा शनिबार आइतबार बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

 

नेता श्रेष्ठका अनुसार क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने निर्णय भएको हो।एकता ध्रुवीकरणका लागि सम्भावना भएका सबै शक्तिसँग वार्ता गर्ने निर्णय भएको ,’ उनले भने।

साथै बैठकले हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे छलफल पनि गरेको थियो।

 

माओवादीले पार्टीका विभागहरूमा प्रमुख तोक्ने काम पनि गरेको भने केही ठाउँमा ईञ्चार्ज पनि तोकिएका छन्।

राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको छ।

पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली निर्देशिका तयार पार्ने काम गरेको उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाइने उनले बताए।

 

सम्बन्धित समाचार