२०८३ बैशाख ६ गते , आईतबार

झापामा ८ महिनाकी नानीसहित झुण्डिए दम्पत्ति

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ७ गते , सोमबार
झापामा ८ महिनाकी नानीसहित झुण्डिए दम्पत्ति

झापा  झापाको सुरुंगामा महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् उनीहरु एकै परिवारका हुन्

कनकाई नगरपालिका का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक उनीहरुकी महिनाकी छोरी रुविना आज आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको

उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन्

आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको उनीहरु झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए 

सम्बन्धित समाचार