२०८३ बैशाख ६ गते , आईतबार
नेकपा झापा इन्चार्जको जिम्मेवारी धर्मशिलालाई
झापा । नेकपा माओवादी केन्द्रले झापा इन्चार्जको जिम्मेवारी धर्मशिला चापागाईलाई दिएको छ । यसअघि झापाको सह–इन्चार्ज रहेकी चापागाईलाई जिल्लाको इन्चार्ज तोकेको हो । पार्टीले केन्द्रीय नेताहरुको कार्य विभाजन गर्ने क्रममा चापागाईलाई झापाको इन्चार्जको
जिम्मेवारी दिएको हो ।
भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीकोे प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ ।