होटल सञ्चालकद्वारा झुण्डिएर आत्महत्या
आर्थिक तनावका कारण आत्महत्या गरेको हुनसक्ने आशंका
झापा । झापाको अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा आफ्नै बन्दै गरेको घरमा एक ब्यक्ति झुण्डिएको अवस्थामा फेला परेका छन ।
बुधबार विहान ३ वजे आफ्नो बन्दै गरेको घरमा पानी लगाउन भनेर गएका अन्दाजी ४० बर्षीय राजेश महत विहान झुण्डिएको अवस्था मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
उनी सोहि स्थानमा मानव होटल सञ्चालन गर्दै आएका थिए । लगभग १२ कोठाको घर बनाउँदै गरेका महत केहि समयदेखि आर्थिक तनाबमा भएको पारिवारिक श्रोतले जनाएको छ । मंगलबार साँझपनि घर निर्माणका लागि आर्थिक श्रोत जुटाउने बिषयमा परिवारका सदस्यहरुबिच सल्लाह भएको भाई उमेश महतले बताए । आर्थिक तनाबकै कारण आत्महत्या भएको आशंका गरिएपनि खास कारण भने खुल्न सकेको छैन । घटनाको बिषयमा अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । मृतक महतको दुई जना सन्तान मध्ये एक छोरा शारीरिक रुपमा अशक्त रहेको बुझिएको छ ।