२०८३ बैशाख ६ गते , आईतबार

मोटरसाइकलको ठक्करबाट गर्भवतीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र १० गते , विहीबार
मोटरसाइकलको ठक्करबाट गर्भवतीको मृत्यु

झापा । मोटरसाइलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको ज्यान भएको बुधबार साँझ भद्रपुर स्थित कच्ची सडकमा पैदल हिडिरहेकी २३ वर्षीया दिक्षा चौलागाई प्रसाईलाई मोटरसाइकलले ठक्कर दिएको थियो

ठक्करबाट गम्भीर घाइते प्रसाईलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भर्ना गरिएको थियो त्यहाँ उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि दमकस्थित लाइफलाईन लगिएको परिवारको भनाई प्रहरीका अनुसार प्रसाईको राती २:३० बजे निधन भएको उनको पेटमा रहेको बच्चाको समेत निधन भएको बताइएको

बा २७ ६४२२ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेका ३३ वर्षीय मनप्रसाद तिवारीले ठक्कर दिएका थिए प्रहरीका अनुसार मापसे गरेर मोटरसाइकल चलाइरहेका तिवारीलाई तत्कालै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चन्द्रगडीको हिरासतमा राखिएको
पारिवारिक स्रोतका अनुसार गर्भवती दिक्षालाई चिकित्सकले असोज १२ गतेको समय दिएका थिए

 

सम्बन्धित समाचार