२०८३ आश्विन १७ गते , शनिबार

काबुल विमानस्थलमा भएको बिस्फोटमा मृत्यु हुनेको संख्या ६० पुग्यो

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ११ गते , शुक्रबार
काबुल विमानस्थलमा भएको बिस्फोटमा मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । काबुल विमानस्थल प्रवेश गर्ने गेटमा आत्मघाती बम विस्फोट भएको हो । विस्फोटको समयमा त्यस ठाउँमा ठूलो संख्यामा अफगानी शरणार्थीहरु जम्मा भएका थिए ।

उनीहरु अमेरिकाले ल्याएको विमानमार्फत अफगानिस्तान छाड्न चाहेकाहरु थिए । समाचार संस्था एपीका अनुसार विस्फोटका कारण दर्जनौँ मानिस घाइते भएका छन ।

बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन ।

सम्बन्धित समाचार