२०८३ आश्विन १७ गते , शनिबार

नवराज शंकरको परिवारलाई यूनियनको दाबी भुक्तानी

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र १२ गते , शनिबार
नवराज शंकरको परिवारलाई यूनियनको दाबी भुक्तानी

झापा ।  यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इलाम शाखाले बीमा दाबी भुक्तानी गरेको छ । गत जेठ २ गते कोभिड १९ का कारण निधन भएका नवराज शंकरको परिवारलाई बीमा दाबी बापत १३ लाख ७८ हजार ६ सय ६८ रुपैया भुक्तानी गरेको हो ।

इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख महेश बस्नेत तथा प्रमुख प्रशासकिय अधिकृत काली प्रसाद भूजेलले स्व. शंकरकी श्रीमति बिजु लकान्द्रीलाई चेक हस्तान्तरणर गरेका हुन् ।

कार्यक्रमका नगर प्रमुख बस्नेतले भौतिक क्षति अतिनै असह्य भएतापनि यसरी गरिने दाबी भूक्तानीले परिवारलाई आर्थिक रुपमा मल्हमको काम गर्ने बताउदै कम्पनीलाई धन्यबाद ज्ञापन गरे । उनले बीमा आफ्नो र परिवारको लागि बचत साथसाथै सुरक्षा समेत भएकाले अनिवार्य सबैले आफ्नो क्षमताले भ्याए सम्म गर्नै पर्ने समेत बताए ।

सम्बन्धित समाचार