२०८३ बैशाख ६ गते , आईतबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । झापाको पूर्व पश्चिम राजमार्ग अन्तगर्त कमल गाउँपालिकाको चुलाचुलीमोडमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट उर्लाबारी ६ मोरङ निवासी ५० बर्षीय हेमसागर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार अपरान्ह १ः३० बजे पूर्वबाट पश्चिम जाँदै गेको को १ ख ६७६२ नम्बरको बसको ठक्करबाट सोहि दिशा तर्फ जाँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक थापाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
घटना गराउने बस र चालक उर्लाबारी ७ मोरङ बस्ने ४२ बर्षीय सम्पतलाल धिमाल साथै मोटरसाइकल प्रहरी चौकी केरखाको नियन्त्रणमा रहेको थापाले बताए । घटनाको बिषयमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।