समाज कल्याण परिषदका पदाधिकारीद्वारा सामूहिक राजिनामा
काठमाण्डौँ । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।
परिषद्मा काम
गर्ने
वातावरण नभएको
र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको
उनीहरूले बताएका
छन्
। समाज कल्याण परिषद्का उपाध्यक्ष डा.
पद्यप्रसाद खतिवडाका अनुसार
सरकारले अनावश्यक हस्तक्षेप गर्ने
र ह्यारेस्मेण्ट गर्न थालेको कारण
सबै
पदाधिकारीले सामूहिक राजीनामा दिएर
मार्ग
प्रशस्त गरिदिएको बताए
।
खतिवडाले भने,
‘राजीनामा दिनुको
कारण
भनेको
हामीलाई काम
गर्न
दिने
वातावरण नै
बन्द
हुनु
नै
हो
। किनभने परिषद्ले आफ्नो
बजेट
बनाउनु
पर्यो । त्यसका
लागि
हामीले
प्रधानमन्त्रीलाई एक
चौथाइ
भए
पनि
बजेट
निकासा
गरिदिन
आग्रह
ग¥यौँ, तर उहाँले
मान्नुभएन । अधिकांश ज्यालादारी र अस्थायी कर्मचारीको म्याद
असार
मसान्तमै सकिएको
थियो,
उनीहरूको म्याद
थप
गरौँ
भन्दा
पनि
उहाँहरूले आफूनिकटको मान्छेको मात्रै
म्याद
थप
गर्न
मान्नुभयो । उहाँहरूले व्यक्ति तोकेर म्याद थप
गर्ने
र नगर्ने लिष्ट पठाउनुभयो, जुन
हामीले
स्वीकार गर्न
सकेनौंँ ।’
उपाध्यक्ष खतिवडाका अनुसार
प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक
पटक
राजीनामा गर्न
दबाब
दिइएको
र राजीनामा नदिए हटाउने तयारी
भएको
भन्दै
धम्काउने गरिएको
थियो
। खतिवडाले भने, ‘हामीलाई विभिन्न बहाना
बनाएर
पटक
पटक
दुख
दिने,
यो
किन
भयो
र किन भएन भनेर
पटक
पटक
बोलाउने, ह्यारेसमेण्ट गर्ने
र राजीनामा दिएर मार्ग प्रशस्त गर्नुप–यो भनेर दबाब
दिइरहे
। अब काम गर्नलाई बजेट
नदिने,
कर्मचारीको म्याद
थप
नगर्ने
र हामीलाई ह्यारेसमेण्ट गर्न थालेपछि सामूहिक राजीनामा बुझाएका हौँ
।’
उपाध्यक्ष खतिवडाका अनुसार
परिषद्मा राजनीतिक हस्तक्षेप बढेको
र प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयबाट पटक
पटक
राजीनामाका लागि
दबाब
दिएपछि
मार्ग
प्रशस्त गरिदिएको हो
। यसबारे थप जानकारी दिन
असोज
८ गते शुक्रबार दिउँसो
२ बजे पत्रकार सम्मेलनको आयोजना
गरिएको
परिषद्ले जनाएको
छ ।