२०८३ बैशाख ६ गते , आईतबार
ईपिएल : काठमाण्डौँको ललितपुरमाथि विजय
काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा काठमाडौँ किंग्सले ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ । लतिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।
काठमाडौँका लागि
रायन
बर्लले
विस्फोटक ब्याटिङ गर्दै
मात्र
३४
बलमा
७३
रन
बनाए
। उनले यस क्रममा
३ चौका र ७ छक्का हिर्काए । त्यस्तै, ओपनर रमानुल्लाह गुबाजले ५९
रन
बनाए
।
यसअघि टस
हारेर
पहिलो
ब्याटिङ गरेको
ललितपुरले निर्धारित २०
ओभरमा
८ विकेटको क्षतिमा १५७ रन बनाएको
थियो
। ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१
रन
बनाए
भने
योगेन्द्र सिंह
कार्कीले ३३
रनको
योगदान
दिए
। काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।