२०८३ बैशाख ६ गते , आईतबार

झापामा सांगीतिक ब्यान्डका सदस्यहरु संगठित

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १० गते , आईतबार
झापामा सांगीतिक ब्यान्डका सदस्यहरु संगठित

बिर्तामोड  झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन्

ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेका छन् समितिको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा अर्जुन दाहाल महासचिवमा भुवन आले मगर, कोषाध्यक्षमा बिपासा बज्राचार्य चयन भएका छन्

त्यस्तै, सहकोषअध्यक्षमा जोनी योञ्जन, सचिवमा आशा गुरुङ, एलिन लिम्बू एकराज क्षेत्री छन् भने सदस्यहरुमा हिलिहाङ लिम्बू, दिपेन राजवंशी (थेपु), फिरोज राई, पवन तामाङ, बिमल लिम्बू, अदेश पौडेल, राउल राई विश्वास उप्रेती चयन भएका छन्

भेलाले झापा जिल्लाभरिका नगर गाउँमा समिति निर्माण गरी संगीत क्षेत्रलाई थप संगठित बनाउने कार्यक्रमहरु घोषण गर्ने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष विशाल अग्रवालले जानकारी दिए


सम्बन्धित समाचार