झापामा दिलमाया स्मृति कप संचालन हुने
झापा
।
झापा
क्षेत्र
नं.
४
मा
दिलमाया
स्मृति
वडा
स्तरीय
पुरुष
नक
आउट
फुटवल
प्रतियोगिता
संचालन
हुने
भएको
छ
।
दिलमाया
नेकपा
एमालेका
नेता
तथा
संघीय
सांसद
एलपी
साँवा
लिम्बुकी
आमा
हुन
।
झापा
क्षेत्र
नं.
४
का
२८
वटा
वडाका
खेलाडीहरु
सहभागी
रहने
प्रतियोगिताको
आयोजना
नेपाल
खेलकुद
महासंघले
गरेको
छ
। प्रतियोगिताको
संयोजन
तथा
संरक्षण
स्व.
दिलमायाका
पति
बुद्धिमान
साँवा
लिम्बु
तथा
साँवा
परिवारले
गर्ने
आइतबार
आयोजित
पत्रकार
सम्मेलनमा
जानकारी
दिइयो
।
प्रतियोगिताको
व्यवस्थापन
समिति
र
सह–व्यवस्थापन
संयुक्त
भूपू
सैनिक
नेपाल
शिवसताक्षी
नगर
रहेका
छन
।
कार्यक्रममा
बोल्दै
सांसद
साँवाले
खेलकुदलाई
ब्यवसायिक
बनाउनु
पर्नेमा
जोड
दिए
।
उनले
पहिले
पहिले
कसैको
मृत्युपछि
उनको
स्मृतिमा
चौतारो,
पाटीपौवा
बनाउने
प्रचलन
भएको
बताउँदै
खेलको
माध्यमबाट
समाजमा
युवापुस्तालाई
विकृति
विसङ्गतिबाट
जोगाउने
उद्धेश्यका
साथ
प्रतियोगिता
आयोजना
गरेको
बताए
।
कार्यक्रममा
साँवा
परिवारले
दिलमायाको
नाममा
अक्षयकोष
स्थापनाका
लागि
एकलाख
एकहजार
एकसय
११
रुपैयाँ
प्रदान
गरेको
थियो
।
साथै
कार्यक्रममा
२८
वटै
वडालाई
जर्सी
तथा
फुटवलसमेत
प्रदान
गरिएको
थियो
।
प्रतियोगिता
सम्पन्न
गर्न
विभिन्न
उपसमिति
समेत
निर्माण
भएको
कार्यक्रममा
जानकारी
गराइएको
थियो
।
असोज
१२
गतेदेखि
प्रतियोगिताको
प्रिसेलेक्शन
म्याच
शुरु
हुने
पत्रकार
सम्मेलनमा
जानकारी
गराइएको
थियो
।
त्यस्तै
क्वाटर
फाइनल
कार्तिक
८
गतेबाट
शुरु
हुनेछ
भने
फाइनल
कार्तिक
१६
गते
हुने
साथै क्वाटर फाइनलदेखि
प्रतिस्पर्धामा
उत्रने
सवै
टिमले
पुरस्कार
पाउने
आयोजकले
जनाएको
छ
।
प्रतियोगितामा
प्रथम
हुने
टिमले
२
लाख
२५
हजार
र
दोस्रो
हुने
टिमले
एकलाख
२५
हजार
रुपैयाँसहित
ट्रफी,
मेडल,
प्रमाणपत्र
प्रदान
गरिने
आयोजकले
जनाएको
छ
। प्रतियोगिताका
लागि
१६
लाख
७०
हजार
५
सय
रुपैयाँ
अनुमानित
खर्च
हुने
आयोजकको
भनाई
छ
।