२०८३ आश्विन १७ गते , शनिबार

कन्काईका लेखा अधिकृत दाहालको निधन

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १३ गते , बुधबार
कन्काईका लेखा अधिकृत दाहालको निधन

बिर्तामोड । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज निधन भएको छ । स्वास्थ्यमा केहि समस्या आएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै दाहालको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

झापाको मेचीनगर निवासी दाहालको केही महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सफल भएपछि उनी स्वस्थ भएर नियमित कामकाजमा फर्किसकेका थिए ।

तर अचानक उनको स्वास्थ्यमा समस्या आएपछि मंगलवार अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

आज पनि अस्पताल लैजान एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्स आँगनमा आइसकेको अवस्थामा उनको आकस्मिक निधन भएको हो ।

स्थानीय पत्रपत्रिकामा विज्ञान र अन्य समसामयिक लेख रचना लेखिरहने मिलनसार र बौद्धिक व्यक्तित्व दाहाल पूर्व शिक्षक पनि हुन् ।

सम्बन्धित समाचार