२०८३ बैशाख ६ गते , आईतबार

डिआइजी बिसीद्वारा बिर्तामोडको ट्राफिक भवन अनुगमन

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १५ गते , शुक्रबार
डिआइजी बिसीद्वारा बिर्तामोडको ट्राफिक भवन अनुगमन

बिर्तामोड प्रदेश का प्रहरी प्रमुख डीआइजी अरुण कुमार बिसीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवन स्थानीय सहयोगीको सहयोगमा निर्माणाधीन कार्यालय परिसर घेराबाराको अबलोकन गरेका छन्

बिहीवार दिउँसो बिर्तामोड आएका डीआइजी बिसीले ट्राफिक प्रहरीको कार्यालय कार्यालय परिसरको काम गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् उनले स्थानीय समाजसेवीहरुको सहयोगबाट कार्यालय परिसर बनाउने कुराको प्रशंसा गरेका छन्

स्थानीय अगुवा सुवास भट्टराईको नेतृत्वमा बनेको निर्माण उपभोक्ता समितिले २५ लाखको लागतमा कार्यालय परिसरमा पेवर्स लगाउने, कम्पाउण्ड वाल निर्माण गर्नेछ सोही कामको अनुगमनमा आएका प्रदेश प्रहरी प्रमुख बिसीसँगै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई , ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोस आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशेष चापागाई, निर्माण उपभोक्ताको तर्फबाट भट्टराई प्रसान्त भण्डारीको उपस्थिति रहेको थियो अब एक महिनाभित्र काम सम्पन्न गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए

सम्बन्धित समाचार