२०८३ आश्विन १६ गते , शुक्रबार

एक्सेल डेभलपमेन्ट बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न

हकप्रद शेयर निष्कासन तथा प्रदेश १ भरी सेवा बिस्तार गर्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १७ गते , आईतबार
एक्सेल डेभलपमेन्ट बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले १५औं  साधारणसभा सम्पन्न गरेको छ । शनिवार सम्पन्न साधारणसभाबाट हकप्रद शेयर निष्कासन तथा प्रदेश १ भरी कार्यक्षेत्र बिस्तार गर्ने निर्णय भएको छ । 

बिर्तामोडको सिद्धार्थ होटलमा सम्पन्न सभाले हाल ५ जिल्ला कायम रहेको कार्यक्षेत्रलाई बिस्तार गरि १४ वटै जिल्लामा पुर्याउने निर्णय गरेको हो । यसका लागि बैंकले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने नीति पारित गरेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले बताए । बैंकले आगामी असोज २५ गतेदेखि २४ करोड बराबरको हकप्रद शेयर जारी गर्ने संचालक समिति अध्यक्ष महेन्द्रकुमार गोयलले जानकारी दिए । 

सभाले सञ्चालक सदस्यमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्विरोध चयन गरेको छ ।

कोरोना महामारीका बीच समेत ६० प्रतिशत मुनाफा वृद्धि गर्न सफल एक्सेल बैंकको एक लाख ५० हजार ग्राहक रहेको बैंकले जनाएको छ । 

 

सम्बन्धित समाचार