२०८३ बैशाख ६ गते , आईतबार

माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १६ गते , शनिबार
माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

एजेन्सी  साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि - को ऐतिहासिक जित निकालेको नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो

 नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरे

उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका हुन् यस नतिजापछि नेपालको तीन अंक भएको बंगलादेशसँगै शीर्ष स्थानमा रहेको

दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो अन्ततः यसले नतिजा पनि देखायो खेलको ५९औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए

इब्राहिम हसनको हेडलाई किरणले रोकेका थिए यस्तै अञ्जन विष्टले ६५औं मिनेटमा प्रहार गरेको बल शक्तिशाली रहेन एउटा मौका गुमेको थियो मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका थिएनन् खेलको २३औं मिनेटमा नवयुग श्रेष्ठले अञ्जन विष्टको पासमा गरेको हेड शक्तिशाली रहेन माल्दिभ्सका गोलरक्षक मोहम्मद फैसलले सजिलै जोगाए माल्दिभ्सले केही आक्रमणमा नेपाली गोलरक्षक किरण लिम्बूलाई दबाबमा राखे पनि डिफेन्डिङ च्याम्पियन त्यसमा सटिक देखिएन यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई - ले हराएको थियो

सम्बन्धित समाचार