विश्वभर अवरुद्ध सामाजिक सञ्जाल फेसबुक लगायत सुचारु
एजेन्सी । नेपाली समय अनुसार करिब सोमबार राति ९ बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् ।
फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् ।
फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए । यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो ।
यसअघि सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर केही समयदेखि डाउन भएको थियो । डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले केही समयदेखि यी एप प्रयोग गर्न पाएका थिएनन् ।
फेसबुक मेसेन्जर र ह्वाट्सएपबाट म्यासेज गएको थिएन भने डेस्कटपमा समेत फेसबुक खुलेन । फेसबुकको वेबपेजमा डोमेन नेम सिस्टम (डीएनएस) इरर देखाइरहेको थियो ।
यतिबेला अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक, ह्वाट्सएप र मेसेन्जर नचेलेको भन्दै गरिएका पोस्ट ट्रेन्डिङमा आउन थालेका थिए । ट्विटरमा २४ लाखभन्दा बढी ह्वाट्सएप लेखिएर पोस्ट भइसकेको थियो ।