आगलागीबाट मृत्यु भएका खनालको परिवारलाई सहयोग हस्तान्तरण
बिर्तामोड । केहि समय अघि आगलागीमा परि मृत्यु भएका अर्जुनधाराका खनाल परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । मृतकका आफन्त लक्ष्मीप्रसाद बास्कोटाको अगुवाईमा संकलित ५३ हजार रुपैँया मृतकका आफन्तलाई हस्तान्तरण गरिएको हो ।
भदौ २६ गते खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा अर्जुनधारा ७ का रोम खनाल, श्रीमती दुर्गा खनाल र छोरा पंकज खनाल घाइते भएका थिए । घाइते खनाल परिवारको उपचारका क्रममा रोम र दुर्गाको मृत्यु भएको थियो । घाइते परिवारको उपचारको क्रममा बास्कोटाको अगुवाईमा सहयोग संकलन सुरु गरिएको थियो तर घाइते दम्पतीको मृत्यु भएपछि संकलित रकम मृतक दुर्गा खनालकी भाई खडानन्द ढकाललाई हस्तान्तरण गरिएको बास्कोटाले बताए । खनाल परिवारको उपचारका लागि बिर्तामोडस्थित मिलनसार साकोसबाट १० हजार, बास्कोटाले १० हजार, आत्मनिर्भर साकोसले ५ हजार, कन्काईू ५ का छविलाल उप्रेतीले १० हजार, लीला पाठकले ५ हजार सहित अन्य सुभचिन्तकहरुबाट ५३ हजार संकलन भएको थियो ।