साधनादेवी प्रहरी पराक्रम पुरस्कारबाट दुई प्रहरी अधिकृत पुरस्कृत
झापा ।
यस बर्षको
साधनादेवी प्रहरी
पराक्रम पुरस्कारबाट
दुईजना प्रहरी
अधिकृत पुरस्कृत
भएका छन
। एकलाख
राशीको उक्त
पुरस्कार प्रहरी
निरीक्षक योगराज
खतिवडा र
प्रहरी नायव
निरीक्षक रुद्र
बहादुर खडकालाई
प्रदान गरिएको
१ नम्बर
प्रदेश प्रहरी
कार्यालय बिराटनगरले
जनाएको छ
।
आठौं संस्करणको
सो पुरस्कार
प्रदेश भरिबाट
उत्कृष्ट कार्य
गर्ने मध्ये
ईलाका प्रहरी
कार्यालय चैनपुर
संखुवासभाका प्रहरी
निरीक्षक योगराज
खतिवडा र
१ नं.
प्रदेश प्रहरी
कार्यालय, प्रदेश अनुसन्धान
समूहका प्रहरी
नायव निरीक्षक
रुद्र बहादुर
खडकालाई ६६
औ प्रहरी
दिवसका अवसरमा
प्रदान गरिएको
प्रदेश प्रहरी
कार्यालय बिराटनगरका
प्रवक्ता नविनराज
राईले जानकारी
दिए ।
२०७८ भदौ
२१ गते
जिल्ला संखुवासभा,
मादी नगरपालिका
१ खोलागाँउका
एकै परिवारका
६ जना
सदस्यहरुको हत्या
भएको घटनाको
सफल अनुसन्धान
गरि हत्यामा
संलग्न ५
जना अभियुक्तहरुलाई पक्राउ गरी
कानूनी दायरामा
ल्याउन सफल
भई सर्वसाधारण
नागरिकहरुलाई सुरक्षाको
अनुभूति हुने
गरी नागरिक
समक्ष प्रहरीको
छवि उच्च
बनाउनुको साथै
सर्वसाधारणमा शान्ति
सुरक्षाको अनुभूती
अभिवृद्धि गर्ने
तर्फ प्रशंसनीय
कार्य गरेकोले
कामको उच्च
मूल्याकन गर्दै
प्रदेश प्रहरी
कार्यालय बिराटनगरले
१ लाख
धनरासीको साधनादेवी
प्रहरी पराक्रम
पुरस्कारले वहाँहरुलाई पुरस्कृत
गरेको हो
।
वर्षभरिमा उत्कृष्ठ
ठहरिएका प्रहरी
कर्मचारीहरु मध्येबाट
साहसिक एवं
चुनौतीपूर्ण कार्य
गर्ने प्रहरी
कर्मचारीलाई प्रत्येक
वर्ष प्रहरी
दिवशको अवसरमा
पुरस्कारका संस्थापक
प्रतिनिधीद्वारा नगद
पुरस्कार प्रदान
गर्ने गरी
भएको सम्झौता
अनुरुप प्रहरीद्वय
खतिवडा र
खड्कालाई साधनादेवी प्रहरी
पराक्रम पुरस्कार
कोषका संस्थापक
प्रा.डा.
बिक्रम प्रसाद
श्रेष्ठले १
लाखको चेक तथा
प्रशंसा-पत्र
समेत प्रदान
गरेका हुन
।
प्रहरी जवान
तथा अधिकृतहरुको
मनोबल उच्च
राख्न यस
साधनादेबी प्रहरी
पराक्रम पुरस्कारले
महत्वपूर्ण भुमिका
निर्बाह गर्ने
बताउदै आफ्नी
स्वर्गिय माता
साधना देबी
श्रेष्ठको नाममा
बार्षिक रुपमा
यसरी प्रदान
गर्ने यो
पुरस्कारका कोषका
संस्थापक प्राध्यापक
डा. बिक्रम प्रसाद
श्रेष्ठलाई प्रहरी
नायब महानिरीक्षक
अरुण कुमार
बिसीले धन्यवाद
दिदै पुरस्कृत
हुने प्रहरी
अधिकृतहरुलाई बधाई
दिएका छन
।
पुरस्कृत हुने
प्रहरीद्वय खतिवडा
र खड्काले
आफूबाट सम्पादित
कार्यहरुको मुल्यांकन
गर्दै उत्कृष्ट
प्रहरीको रुपमा
आफुलाई छनौट
गरिएबाट संगठनले
आफूलाई ठुलो
सम्मान गरेको
र यसले
अझ बढी
जिम्मेवार भएर
आफ्नो दायित्व
निर्वाह गर्न
प्रेरणा मिलेको
बताएका छन्
।