२०८३ आश्विन १७ गते , शनिबार

परम्परागत रोटेपिङ्ग उद्घाटन

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २६ गते , मंगलबार
परम्परागत रोटेपिङ्ग उद्घाटन

बिर्तामोड । झापाको अर्जुनधारामा परम्परागत रोटेपिङ्ग उद्घाटन भएको छ । अर्जुनधारा १ शान्तिटोलस्थित सयपत्री युवा समुहले पिङ्ग निर्माण गरि उद्घाटन गरेको हो । 

समुहले मङ्गलबारे बजारमा निर्माण गरेको रोटेपिङ्ग फुलपातीको अवसरमा मङ्गलबार उद्घाटन गरेको समुहका सदस्य प्रेम निरौलाले जानकारी दिए । पिङ्ग निर्माणका लागि हचुमासा वनले २३ किवि काठ उपलब्ध गराएको उनले बताए । रोटेपिङ्ग निर्माणको लागि करिब ३० हजार खर्च भएको निर्माण उपसमितिका संयोजक रनबहादुर बिष्टले जानकारी दिए । नेपाली परम्परागत मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले पिङ्ग निर्माण गरिएको बताइएको छ । 

सम्बन्धित समाचार