२०८३ बैशाख ६ गते , आईतबार

सनातन धर्म सेवा समिति मेचीनगरद्वारा दातालाई सम्मान

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २७ गते , बुधबार
सनातन धर्म सेवा समिति मेचीनगरद्वारा दातालाई सम्मान

मेचीनगर सनातन धर्म सेवा समिति मेचीनगर  झापाले धार्मिक कार्यमा सहयोग गर्दै आएका दाताहरुलाई सम्मान गरेको समितिले महाअष्टमी पर्वको सन्दर्भ पारेर दाताहरु देवराज रेजिना पौडेल, युवराज निरकुमारी पौडेल तथा लक्ष्मीप्रसाद उप्रेतीलाई सम्मान गरेको हो

समितिका सचिव हेमेन्द्र निरौलाका अनुसार दुर्गा सप्तसति पाठको अवसर पारेर बुधबार दाताहरुलाई पण्डित घनश्याम खतिवडाले सम्मान गरेका हुन् दाताहरुबाट भएको पुण्यकर्मको प्रशंसासहित धन्यवाद प्रकट गर्दै पण्डित खतिवडाले टिका सहित दोसल्ला ओढाएर उनिहरुलाई सम्मान गरेका थिए  

समितिलाई विभिन्न समयमा प्लाष्टिकका कुर्सी आर्थिक रुपमा सहयोग पुर्याउँदै आएका उनीहरुलाई सम्मान गरिएको बताइएको  

यसअघि घटस्थापनाका दिन दाताहरु गोकुल चापागाईं देवीप्रसाद चापागाईंलाई सम्मान गरिएको थियो उनीहरुले समितिको धार्मिक कार्यक्रममा सघाउ पुर्याउन थान हार्मोनियम प्रदान गरेका थिए  

समितिको सत्संग हलमा घटस्थापनादेखि सुरु भएको दुर्गा सप्तसति पाठ अन्तर्गत महाअष्टमी पर्वका दिन आयोजित कार्यक्रममा पण्डित खतिवडा, समितिका सचिव निरौला सम्मानिततर्फ उप्रेतीले बोलेका थिए  

दाताहरुबाट विगतदेखि नै नगद तथा जिन्सी सामग्री जुट्दै आएको समितिका सचिव निरौलाले भने,‘उहाँहरुको सत्कर्मको उच्च मूल्यांकन गर्दै समितिले सम्मान कार्यक्रम गर्दै आएको ’ 

धार्मिक तथा सामाजिक कार्यमा अग्रसर हुँदै आएका समाजसेवी उप्रेतीले भावी दिनमा पनि गच्छे अनुसारको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए समितिको सत्संग हलसँगै रहेको नर्वदेश्वर शिवालयमा नवदुर्गा माताको पूजा आराधना हुँदै आएको  

२०४१ सालदेखि वर्षेनी दुर्गा सप्तसति पाठ लगाउँदै आएको समितिले देवी भागवत् पुराण लगाएर धार्मिक कार्य सुरु गरेको थियो

 

सम्बन्धित समाचार