२०८३ बैशाख ५ गते , शनिबार

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २७ गते , बुधबार
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

झापा  नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको नेपाल पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो

नेपालले आज भएको राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार बंगलादेशविरुद्ध बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो नेपाल बंगलादेशबीच - गोलको बराबरी भएको थियो नेपाल फाइनल प्रवेश गरेसँगै इतिहास पनि बनेको

यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो  । मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलको पहिलो हाफ सकिँदा नेपालविरुद्ध बंगलादेशले - गोलको अग्रता बनाएको थियो तर, खेलले रोमाञ्चक मोड लिँदा नेपालले खेलको ८८औँ मिनेटमा आएर बराबरी गोल गर्न सक्यो

खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए तर, खेल सकिन १० मिनेट बाँकी रहँदा वान भर्सेज वानमा बंगलादेशी गोलरक्षकले डिबक्स बाहिर आएर गोल हातले रोकेपछि रेड कार्ड पाउँदै बाहिरिन परेको थियो

१० खेलाडीमा सीमित रहेको बेला बंगलादेशी खेलाडीले अञ्जन विष्टलाई हेड गर्ने क्रममा डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरेपछि नेपालको फाइनल यात्रा तय भएको हो

यसअघि बंगलादेशका कप्तान जमल भुयानको फ्रिकिकमा रिजाले उत्कृष्ट हेड मार्फत गोल गरेर अग्रता दिलाएका थिए पहिलो हाफमा बल पोसेसनमा पकड बनाएको नेपालले केही गोलको अवसर खेर फालेको थियो राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो नेपालको लागि फाइनल यात्रा तय गर्न पनि यस खेल महत्वपूर्ण रहेको थियो

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल बंगलादेशबीच अहिलेसम्म सात खेल भएकोमा त्यसमध्ये नेपाल तीनमा विजयी रहेको भने चार खेल बंगलादेशको पक्षमा रहेको त्यसमध्ये पछिल्ला तीन खेलमा नेपाल लगातार विजयी रहेको

समग्रमा नेपाल बंगलादेशबीच अहिलेसम्म २३ खेल भएका छन् त्यसमध्ये नेपाल सात खेलमा विजयी रहेको भने चार खेल बराबरीमा टुंगेका छन् आजको खेलबाट पाँच खेल बराबरी भएको बाँकी १२ खेलमा भने बंगलादेशले जित निकालेको यी दुई टिमबीचका पहिला पाँच खेलमा नेपाल दुईमा विजयी रहेको यस्तै दुई खेल बराबरीमा टुंगेको भने एक खेलमा बंगलादेशले सफलता चुमेको

सम्बन्धित समाचार