२०८३ बैशाख ६ गते , आईतबार

आज महानवमी देशैभर हर्षोल्लासका साथ मनाइँदै

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २८ गते , विहीबार
आज महानवमी देशैभर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ नवरात्रीको अन्तिम दिन आज विहिबार महानवमी पर्व देशैभर हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ यस दिन विशेष गरी सिद्धिदात्रीको आह्वान गर्ने गरिन्छ  

आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ दसैंघर कोत लगायत राज्यका विभिन्न देवी मन्दिर शक्तिपीठमा बोका, हाँस, कुखुरा राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना दुर्गा सप्तशती एवम देवी स्तोत्र पाठ गरिन्छ

पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो जटा नरिवल समेत बलि चढाउने गर्दछन अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने महानवमीका दिनमा मार हान्ने चलन

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा राँगाको पञ्चबलि दिने गरिन्छ

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा निशानापूजा पनि गरिन्छ यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा कोतपूजा गर्ने प्रचलन आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका ५४ राँगाको बलि दिइन्छ

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवम पूजा गर्ने भक्तजनको भीड लाग्छ

महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन

सम्बन्धित समाचार