२०८३ बैशाख ६ गते , आईतबार

एमाले अध्यक्ष ओलीको शुभकामना : सद्बुद्धि आओस

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २८ गते , विहीबार
एमाले अध्यक्ष ओलीको शुभकामना : सद्बुद्धि आओस

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्रको माला जप्दै लुटतन्त्र मच्चाएर लोकतन्त्रको विकास नहुने बताएका छन् । ओलीले लोकतान्त्रिक अवयवहरुले आआफ्नो मर्यादा र सिमा भित्र रहेर काम गर्न सकेमात्र लोकतन्त्र रहने बताए ।

ओली स्वयम्ले गृह जिल्ला झापाको बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै सत्ताधारी दलका नेताहरुप्रति लक्षित गर्दै दशैँको अवसरमा सबैको सद्बुद्धि आओस भन्दै कामना गरे । ‘म यतिबेला, दशैँको शुभकामना दिइरहेको बेला सबैको सद्बुद्धि आओस भन्ने चाहन्छु र शुभकामना छ– सद्बुद्धि आओस,’ओलीले भने,‘अलिक परसम्म हेर्ने बानी पारोस, एकछिनका लागि हैन, आफ्ना लागि मात्र हैन, देशका लागि हेर्ने, जनताका लागि हेर्ने, विकासका लागि हेर्ने, सुशासनका लागि हेर्ने, लोकतन्त्रलाई बलियो बनाउनका लागि हेर्ने सद्बुद्धि सबैमा आओस ।

लोकतन्त्रमा लोकतान्त्रिक प्रणाली र विभिन्न अङ्गहरु, इकाईहरु, निकायहरुले आआफनो स्थानमा रहेर काम गर्न सक्नु पर्दछ,’ उनले भने, ‘ ती अङ्गहरुले शक्ति सन्तुलन, शक्ति पृथकिकरणका सिद्धान्तमा अडिएर देश र जनताप्रति निष्ठावान भएर काम गर्न सक्नु पर्दछ अनिमात्र लोकतन्त्र हुन्छ ।ओलीले लोकतन्त्र भन्न सजिलो तर त्यस अनुसारको व्यवहार र आचरण गर्न गाह्रो हुने बताए ।

कार्यक्रममा कलाकारहरु कोमल वली, मधु गुरुङ, प्रितम आचार्य, आयुष केसी लगायतले गीत प्रस्तुत गरेका थिए । प्रत्येक बर्ष झैँ यस बर्षपनि महानवमीको दिन कार्यकर्तामाझ शुभकामना साट्न ओली झापा आएका हुन । कार्यक्रम सकेर आजै ३:४० को उडान मार्फत ओली काठमाण्डौ फर्किएका छन् ।

सम्बन्धित समाचार