२०८३ बैशाख ६ गते , आईतबार

दुई महिनामा पूर्वी नाकाबाट १० अर्ब बढिको सामान आयात

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन ३० गते , शनिबार
दुई महिनामा पूर्वी नाकाबाट १० अर्ब बढिको सामान आयात

बिर्तामोड पूर्वी नाका काँकडभिट्टा भएर विभिन्न मुलुकबाट १० अर्ब १९ करोड रुपैयाँको सामान आयात भएको यो चालू आवको साउन भदौमा भएको कारोबार रकम हो  

यस बर्ष गत बर्ष भन्दा आयात बढी भएको गत आर्थिक वर्षको यहि अवधिमा चार अर्ब ७४ करोड रुपैयाँको सामान आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए

यहि नाका भएर नेपालबाट अन्य मुलुकमा हुने निर्यात भने घटेको चालू आर्थिक वर्षको साउन भदौमा दुई अर्ब एक करोड रुपैयाँको मात्र नेपाली उत्पादन मेची भन्सार कार्यालयबाट निर्यात भएको उनले बताए गत वर्ष यहि अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात भएको थियो यस पटक भने व्यापार घाटा बढ्दै गएको मची भन्सार कार्यालयले जनाएको

मेची भन्सारले साउनमा एक अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको साउनमा भन्सारले एक अर्ब १७ करोड रुपैयाँको लक्ष्य राखेको थियो तर, यस पटक आयात बढेसँगै राजस्व संकलन पनि वृद्धि भएको हो

यस्तै, भदौ महिनामा एक अर्ब २३ करोड रुपैयाँको लक्ष्य राख्दा एक अर्ब ३० करोड रुपैयाँ उठेको भन्सार प्रमुख विश्वकर्माले बताए २३ असोजसम्म एक अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको उनले बताए यो महिनामा एक अर्ब २७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य

भन्सारले चालू आर्थिक वर्षमा १५ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको गत आर्थिक वर्षमा १३ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख विश्वकर्माले बताए मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भारतसँगै बंगलादेश, भुटान तेस्रो देशसँग पनि व्यापार हुँदै आएको मेची भन्सारमा संकलन हुने राजस्वको ५० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगट्दै आएको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए

यस्तै, मेची भन्सार कार्यालयबाट सबैभन्दा धेरै नेपाली कृषि उत्पादन अलैँचीको निर्यात हुँदै आएको त्यसपछि नेपाली चिया पूर्वी नाका भएर विभिन्न देशमा निकासी हुँदै आएको अलैँची चिया भने ९० प्रतिशतभन्दा धेरै भारतमा खपत हुन्छ बंगलादेशमा नेपाली अलैँची चियाको भन्सार शुल्क धेरै त्यस कारण बंगलादेशमा अलैँची चिया जाँदैन अन्य देशमा पनि विभिन्न समस्या भएका कारण नेपाली अलैँची चियाको ठूलो बजार भारत नै हो बंगलादेशमा नेपाली उत्पादनको भन्सार शुल्क महँगो हुँदा व्यापार घाटा धेरै

यस्तै, भुटानसँग पनि नेपालको व्यापार घाटा आर्थिक वर्ष २०७७/०७८ मा भुटानसँग ६१ करोड २० लाख ३७ हजार रुपैयाँको व्यापार घाटा थियो उक्त आर्थिक वर्षमा भुटानबाट एक अर्ब १९ करोड ९२ लाख रुपैयाँको सामान आयात हुँदा नेपालबाट ५८ करोड ७२ लाख तीन हजार रुपैयाँको सामान निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको

भुटानबाट नेपालमा जिप्सन, कोइला, वालपुटीलगायत सामग्री आयात हुन्छन् यस्तै, नेपालबाट स्टिलका पोल, बुद्धको मूर्ति, चिजबल जस्ता सामग्री भुटान जाने गरेका छन्

 

सम्बन्धित समाचार