२०८३ बैशाख ६ गते , आईतबार

पहिरोका कारण पाँचथरमा ३० र इलाममा १४ जनाको ज्यान गयो

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ६ गते , शनिबार
पहिरोका कारण पाँचथरमा ३० र इलाममा १४ जनाको ज्यान गयो

झापा । पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ । यस्तै, इलाममा १४ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिका ४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका ६ की २२ वर्षीया सम्पदा आले मगरको शव पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै मृतकको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

जिल्लामा बिहीबार साँझसम्म ज्यान गुमाएका २८ जनाको यसअघि नै सनाखत भइसकेको छ । पाँचथरमा पहिरो र बाढीमा फसेकामध्ये ४ जनाको अवस्था अज्ञात छ । उनीहरुलाई स्थानीय प्रशासनले बेपत्ताको सूचीमा राखेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए । उनका अनुसार मिक्लाजुङ गाउँपालिकामा ३ र फिदिममा १ गरी ४ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रजिअ ढकालले बताए । इलाममा मृतकको संख्या १४ पुग्यो यसैगरी, सोमबार साँझदेखिको अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरोमा परी इलाममा थप एक जनाको मृत्यु भएको छ । माङ्सेबुङ ६ मा पहिरोमा पुरिएकी ५३ वर्षीया हरिमाया राईको शव बिहीबार फेला परेसँगै जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि उक्त स्थानबाट हरिप्रसाद राई र कविता राईको शव निकालिएको थियो भने ३ जनालाई सकुशल उद्धार गरिएको थियो । तीमध्ये गम्भीर घाइते भक्तकुमारी राई र जनम राईलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धरानको घोपा क्याम्पमा उपचारका लागि लगिएको छ । रनश्वरी राई अझै बेपत्ता छिन् । इलाम नगरपालिका २ घर भएका ठाकुर याक्खा र माङ्सेबुङ २ का सुमन राई, स्थानीय विद्यालयका प्रधानाध्यापक विष्णु लावती पनि बेपत्ता छन् । माङ्सेबुङको पञ्चमीस्थित बाँझो स्वास्थ्य चौकीमा कार्यरत राई र याक्खा सोमबार साँझ पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ कुरुम्बामा पहिरोले घाइते बनाएकाहरूको उपचारमा गएको अवस्थामा बेपत्ता भएको स्थानीयले बताएका छन् । ‘बेपत्ताहरूको खोजीका लागि दुवै जिल्लाबाट प्रयास भइरहेको छ,’ इलाम प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले भने । यसअघि फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जना, सूर्योदय नगरपालिकामा ३ जनाको पहिरोमा पुरिएर ज्यान गएको थियो । त्यस्तै, देउमाई नगरपालिकामा १ जनालाई खोलाले बगाएर तथा माई नगरपालिकामा हुरीले रूखको हाँगा खस्दा थप एकको ज्यान गएको थियो । इकान्तिपुरबाट

शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिका ४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका ६ की २२ वर्षीया सम्पदा आले मगरको शव पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै मृतकको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

जिल्लामा बिहीबार साँझसम्म ज्यान गुमाएका २८ जनाको यसअघि नै सनाखत भइसकेको छ ।

पाँचथरमा पहिरो र बाढीमा फसेकामध्ये ४ जनाको अवस्था अज्ञात छ । उनीहरुलाई स्थानीय प्रशासनले बेपत्ताको सूचीमा राखेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।

उनका अनुसार मिक्लाजुङ गाउँपालिकामा ३ र फिदिममा १ गरी ४ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रजिअ ढकालले बताए ।

इलाममा मृतकको संख्या १४ पुग्यो

यसैगरी, सोमबार साँझदेखिको अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरोमा परी इलाममा थप एक जनाको मृत्यु भएको छ ।

माङ्सेबुङ ६ मा पहिरोमा पुरिएकी ५३ वर्षीया हरिमाया राईको शव बिहीबार फेला परेसँगै जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि उक्त स्थानबाट हरिप्रसाद राई र कविता राईको शव निकालिएको थियो भने ३ जनालाई सकुशल उद्धार गरिएको थियो । तीमध्ये गम्भीर घाइते भक्तकुमारी राई र जनम राईलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धरानको घोपा क्याम्पमा उपचारका लागि लगिएको छ । रनश्वरी राई अझै बेपत्ता छिन् ।

इलाम नगरपालिका २ घर भएका ठाकुर याक्खा र माङ्सेबुङ २ का सुमन राई, स्थानीय विद्यालयका प्रधानाध्यापक विष्णु लावती पनि बेपत्ता छन् । माङ्सेबुङको पञ्चमीस्थित बाँझो स्वास्थ्य चौकीमा कार्यरत राई र याक्खा सोमबार साँझ पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ कुरुम्बामा पहिरोले घाइते बनाएकाहरूको उपचारमा गएको अवस्थामा बेपत्ता भएको स्थानीयले बताएका छन् ।

‘बेपत्ताहरूको खोजीका लागि दुवै जिल्लाबाट प्रयास भइरहेको छ,’ इलाम प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले भने । इकान्तिपुरबाट

सम्बन्धित समाचार