२०८३ बैशाख ६ गते , आईतबार

नेकपा एमाले बिर्तामोड ५ मा बास्कोटा सर्वसहमत

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ७ गते , आईतबार
नेकपा एमाले बिर्तामोड ५ मा बास्कोटा सर्वसहमत
बिर्तामोड । शनिबार सम्पन्न नेकपा एमालेको दोश्रो वडा अधिवेशनबाट झापाको विर्तामोड ५ मा  लक्ष्मीप्रसाद बास्कोटा अध्यक्षमा सर्वसहमत चयन भएका छन । अधिवेशनबाट ३१ सदस्यीय वडा समिति गठन भएको छ ।  

समितिको उपाध्यक्ष तारा चाम्लिङ, सचिव अम्विका लिङ्देन, उप सचिवद्वयमा दिपक चम्लागाई र विशाल धिमाल चयन भएका छन । 

अध्यक्ष बास्कोटा विर्तामोड नगरपालिका वडा नं. ५ का निर्वाचित जनप्रतिनिधी समेत हुन । वडामा जनप्रतिनिधी हुँदा आम नागरिकको नजरमा राम्रो छवी वनाएका बास्कोटा वडाको पूर्वाधार विकास समितिको संयोजक समेत हुन । स्थानीय तहको  निर्वाचनमा वडामा नेकपा एमालेको सम्पूर्ण टिमलाईनै विजयी गराउनमा समेत बास्कोटाको अहम भुमिका रहेको थियो । 

जिल्लाका विभिन्न संघसंस्थाको नेतृत्व तहमा रहेका बास्कोटा बिर्तामोडस्थित मिलनसार साकोसका अध्यक्ष समेत हुन भने परिवेश मिडिया डटकमका प्रबन्ध निर्देशक हुन ।   

सम्बन्धित समाचार