२०८३ बैशाख ६ गते , आईतबार
तास खेलिरहेको अवस्थामा चार जना पक्राउ
बिर्तामोड । झापा शिवसताक्षी नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन । शिवसताक्षी ९ स्थित जितेन्द्र शाक्यको घरबाट उनीहरुलाई शनिबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिकाका ३७ बर्षीय सुरेश लिम्बुलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ३ बुङ तास र १ लाख ७३ हजार ५ सय नगद समेत बरामद गरेको उनले बताए । पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।