२०८३ बैशाख ६ गते , आईतबार

बेमौसमी बर्षाको बितण्डा : झापाको धानबालीमा १८ प्रतिशत क्षति

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १२ गते , शुक्रबार
बेमौसमी बर्षाको बितण्डा : झापाको धानबालीमा १८ प्रतिशत क्षति

बिर्तामोड । केहिदिन अघि आएको अबिरल वर्षासगैको हावाले झापाको धानबालीमा ठूलो क्षति पुर्याएको छ । करिब ४० घण्टा परेको निरन्तर बर्षाले झापाको १८ प्रतिशत धानबालीमा क्षति पुर्याएको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । 

झापामा लगाइएको ८७ हजार ५०० हेक्टर क्षेत्रफल मध्ये ५ प्रतिशत धान पूर्ण क्षति भएको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बर्षाका कारण आएको बाढीले ल्याएको बालुवा तथा माटोले पुरेर काम नदिने अवस्थाको धानलाई पूर्णक्षति मानिएको सिंहले बताए । उत्पादनमा २० देखि ९० प्रतिशत उत्पादन कम हुनेलाई मध्यम क्षति मानिएको र त्यो ८ प्रतिशत रहेको उनले जानकारी दिए । उत्पादन २० प्रतिशत भन्दा कम घट्ने अवस्थालाई निम्न क्षति मानिएको र त्यो ५ प्रतिशत भएको उनको भनाई छ । सबै पालिकाहरुमा क्षति यकिन गर्ने काम भइरहेकोले यथार्थ केही फरक हुन सक्ने सिंह बताउछन । 

गएको बर्ष ४.७ मेट्रीक टन प्रति हेक्टरका दरले ४ लाख १२ हजार २५० मेट्रीक टन धान उत्पादन भएको र यो बर्ष १० देखि २० प्रतिशत उत्पादन बढ्ने आशा गरिएको भएपनि बर्षाको क्षतिका कारण उत्पादन घट्न सक्ने सिंहले बताए । 

सम्बन्धित समाचार