२०८३ आश्विन १७ गते , शनिबार

बेमौसमी बर्षाले राजगढमा धानबाली भन्दा सब्जीखेतीमा बढी क्षति

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १४ गते , आईतबार
बेमौसमी बर्षाले राजगढमा धानबाली भन्दा सब्जीखेतीमा बढी क्षति

बिर्तामोड । केहि दिन अगाडी आएको बर्षाले झापाको दक्षिणी क्षेत्र राजगढमा धानबाली भन्दा बढी सब्जीखेतीमा क्षति भएको पाइएको छ । लगातारको बर्षाका कारण सब्जीखेती डुबान हुँदा क्षति भएको हो ।

बाह्रदशी २ खाडीगाउँमा निरन्तरको बर्षाले धानबालीभन्दा बन्दा खेतीमा बढी क्षति भएको स्थानीय कृषक अरुण लामाले जानकारी दिए । ‘१५ कठ्ठा क्षेत्रफलका लागि तयार गरेको बन्दाको बेर्ना सबै बाढीले बगायो,’ उनले भने,‘बेर्नासँगै रोप्न तयार गरेको जमिन समेत लेदो पसेर ठूलो क्षति भएको छ ।’ बेर्ना सार्न तयार गरेको जमिन समेत लेदो पसेर बिगारेपछि पछुवा खेती हुने आशामा लामाले पुनः नर्सरीका लागि जमिन तयार गरिरहेको बताए । लामाको जस्तै स्थानीय कृषक गोविन्द सुब्बाको पनि पीडा उस्तै छ । सो क्षेत्रमा बिरिङ खोलाको बाढी पसेर रोपिसकेको र रोप्न तयार गरेको गरी २० विगाहा बढी बन्दा खेतीमा क्षति भएको लामाले बताए ।   

सम्बन्धित समाचार