२०८३ बैशाख ५ गते , शनिबार

नेकपा एसका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १५ गते , सोमबार
नेकपा एसका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

बिर्तामोड । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई बन्ने पक्का भएको छ । प्रदेश १ को ९२ सदस्यीय प्रदेशसभामा बहुमतका  लागि ४७ जनामात्र सांसदको समर्थन आवश्यक भएपनि राईले ५० जना सांसदको हस्ताक्षर सहित दाबी पेश गरेसँगै उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

सोमबार मुख्यमन्त्री पदबाट भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए ।

प्रदेश प्रमुखबाट दाबी पेस गर्न आह्वान भएलगत्तै राईले गठबन्धनमा आवद्ध पाँच दलका प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।  प्रदेशसभामा नेकपा एमालेको ४१ सांसदमात्र छन् । उता विपक्षी गठबन्धनमा नेपाली काँग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाका तीन सांसद छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद छन् ।

सम्बन्धित समाचार