२०८३ बैशाख ६ गते , आईतबार

प्रदेश १ मा ६ सदस्यीय मन्त्रीमण्डल गठन

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १६ गते , मंगलबार
प्रदेश १ मा ६ सदस्यीय मन्त्रीमण्डल गठन
बिर्तामोड । मुख्यमन्त्रीमा नियुक्ति भएसँगै राजेन्द्र राईले प्रदेश १ मा ६ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन । राईको नेतृत्वको मन्त्रीमण्डलले मंगलबार नै सपथ लिएको छ ।

पाँच दलीय गठबन्धनको सहमति अनुसार कांग्रेसले २, माओवादीले १, जनता समाजवादीले १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले एउटा राज्यमन्त्री लिएका छन्  ।

मन्त्रीमण्डलमा कांग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै सांसद केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।  

सम्बन्धित समाचार