२०८३ आश्विन १६ गते , शुक्रबार

आज यमपञ्चकको दोश्रो दिन, कुकुरको पूजा गरेर मनाईँदै

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १७ गते , बुधबार
आज यमपञ्चकको दोश्रो दिन, कुकुरको पूजा गरेर मनाईँदै

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।

आज बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।

कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले जानकारी दिए । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ ।

सम्बन्धित समाचार