२०८३ बैशाख ६ गते , आईतबार
झापामा राती १० बजेपछि देउसी भैलो खेल्न नपाईने
बिर्तामोड । झापामा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । आज जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै रातको समयमा १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको हो ।
कोरोना संक्रमण कायमै रहेको भन्दै प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड अपनाएर भिडभाड नगरी देउसी भैलो खेल्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित सुचनामा कार्यक्रमलाई सभ्य एवम शान्तिपुर्ण बनाउन भनिएको छ ।
कार्यालयले दिपावली मनाउने क्रममा जनताको स्वास्थ्य तथा सुरक्षामा प्रतिकुल प्रभाव पर्ने, चोटपटक लाग्ने तथा आगलागी भइ जनधनको क्षति हुने भएकाले पटका आतिशवाजी जस्ता बिस्फोटक तथा अति प्रज्वलनशिल पदार्थको बिक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न नगराउन सबैमा अनुरोध गरेको छ । त्यस्ता कार्य भए गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने सुचनामा उल्लेख छ ।