२०८३ बैशाख ६ गते , आईतबार

भाइटीकाको दिन भएको दुर्घटनामा परी झापामा २ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २१ गते , आईतबार
भाइटीकाको दिन भएको दुर्घटनामा परी झापामा २ जनाको मृत्यु

बिर्तामोड झापामा हिजो भएको दुईवटा फरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको मृत्यु हुनेमा मेचीनगर १० निवासी मनिष कार्की मेचीनगर निवासी अभिषेक श्रेष्ठ रहेको प्रहरीले जनाएको

भाइटीकाको साँझ ६ः१० बजे पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश ०१०१४ ६००७ नम्बरको स्कुटर बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको रातो रंगको २२० सिसिको पल्सर मोटरसाइकल बिर्तामोड स्थित गिरीबन्धु टी स्टेट अगाडी ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको उक्त दुर्घटनामा स्कुटर चालक मेनपा १० बस्ने ४२ बर्षीय डिल्ली कार्की, स्कुटरको पछाडी सवार उनका छोरा १६ बर्षीय मनिष कार्की मोटरसाइकलको पछाडी सवार हल्दिबारी बस्ने अन्दाजी बर्ष २१ को पिजेश लामा घाइते भएका थिए दुर्घटनाबाट गम्भीर घाइते मनिषको उपचारको क्रममा बिएण्डसी हस्पिटलमा राती बजे मृत्यु भएको कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिए दुर्घटना पश्चात मोटरसाइकल चालक हल्दिबारी बस्ने अन्दाजी २५ बर्षीय नरेश तामाङ फरार रहेको उनको खोजी भईरहेको प्रहरीले जनाएको

त्यस्तै हिजै राती ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ०१०१४ ३३४५ नम्बरको मोटरसाइकल सोहि दिशातर्फ जाँदै गरेको प्रदेश ०१००१ ३९९५ को मोटरसाइकल मेचीनगर १३ तेलिबारीमा दुर्घटना हुँदा मेचीनगर बस्ने १८ बर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको सूचना अधिकारी थापाले बताए दुर्घटनाबाट प्रदेश ०१०१४ ३३४५ नम्बरको मोटरसाइकलको पछाडी सवार श्रेष्ठ गम्भिर घाइते भएको उपचारको क्रममा राती १२ः३० बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको हो उक्त दुर्घटनामा परी मेनपा का २१ बर्षीय अनिष गिरी प्रदेश ०१००१ ३९९५ नम्बरको मोटरसाइकल चालक उर्लाबारी निवासी अन्दाजी २१ बर्षीय निकेश शिवाकोटी गम्भिर घाइते भएको प्रहरीले जनाएको      

  

सम्बन्धित समाचार