२०८३ बैशाख ५ गते , शनिबार

दुई बर्षपछि बिरिङ किनारमा छठको तयारी शुरु

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २१ गते , आईतबार
दुई बर्षपछि बिरिङ किनारमा छठको तयारी शुरु

बिर्तामोड  नेपालीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी झापामा शुरु भएको दिपावली सकिएसँगै बिषेश गरी तराईमधेसवासीले मनाउने छठ पूजाको लागि झापाको बिरिङ किनारमा तयारी शुरु भएको हो

नियमित रुपमा विरिङखोलाको किनारमा मनाउने गरिएको छठ पूजा कोरोना संक्रमणका कारण विगतका दुई बर्ष रोकिएको थियो यस बर्षभने स्वास्थ्य मापदण्ड अपनाएर मनाउने गरी तयारी शुरु गरिएको छठ समाज सेवा समिति बिर्तामोडका प्रचारप्रसार समिति संयोजक शत्रुघन रौनियारले जानकारी दिए बिरिङ किनारमा सय स्टल रहने गरि तयारी शुरु गरिएको उनले बताए  

लक्ष्मी पूजाको चार दिनपछि अर्थात कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ यस बर्ष कातिक २५ गते विहिबार विहानको उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सकिँदैछ

यतिबेला तराईको बजारमा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी फलफूल किन्नेको निकै भीडभाड देखिएको खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ

छठ पूजाका लागि व्रतालुहरू राती पूजा स्थानमै बस्छन भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास

सम्बन्धित समाचार