२०८३ आश्विन १७ गते , शनिबार

प्रदेश १ सहित तीन ओटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय

प्रदेश १ मा पर्शुराम खापुङ

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २३ गते , मंगलबार
प्रदेश १ सहित तीन ओटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन भने परियार माओवादी केन्द्रबाट । जोशी नेपाली कांग्रेसका पूर्व सांसद पनि हुन ।

सम्बन्धित समाचार