२०८३ बैशाख ६ गते , आईतबार

छठपूजाका लागि बिरिङमा सम्पूर्ण तयारी पूरा

पूजास्थल बिर्तामोडमै उपलब्ध गराउन पहल

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २३ गते , मंगलबार
छठपूजाका लागि बिरिङमा सम्पूर्ण तयारी पूरा

बिर्तामोड झापाको बिरिङ खोला किनारमा हुने छठ पूजाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको दुई बर्षपछि आयोजना गरिएको पूजाका लागि पण्डाल निर्माण लगायत सम्पूर्ण तयारी सकिएको छठ समाज सेवा समिति बिर्तामोडले जनाएको हो


समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी करिब हजार ब्रतालु आट्ने घाट निर्माण गरिएको जनाएको समितिका अध्यक्ष राजकुमार गुप्ताले ब्रतालुहरुका लागि करिब सय घाट निर्माण गरिएको बताए गुप्ताका अनुसार पूजालाई भव्य सभ्य रुपमा सम्पन्न गर्न विभिन्न १३ ओटा उपसमिति निर्माण गरिएको कार्यक्रममा करिब १० हजार मानिस उपस्थित हुने समितिको अनुमान

समितिले विरिङ किनारमा नियमित रुपमा गर्दै आएको छठ पूजा कोरोना संक्रमणका कारण विगतका दुई बर्ष घरआँगनमा नै गरिएको थियो कोरोना संक्रमण पूर्णरुपमा नहटेपनि उच्चतम स्वास्थ्य मापदण्ड पालना गरेर यो बर्षभने बिरिङ किनारामा नै आयोजना गरिएको निवर्तमान अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए समितिले स्वास्थ्य मापदण्ड पालना गर्न पूजास्थलमा मास्क तथा सेनिटाइजर वितरण गर्ने उनले बताए

करिब १० लाखको लागतमा हुने पूजा सम्पन्न गर्न समितिले वरुण चौधरीको संयोजकत्वमा अर्थ, शंकर भगतको संयोजकत्वमा घाट व्यवस्थापन, अशोक चौधरीको संयोजकत्वमा मंच तथा कुपन व्यवस्थापन, अरुण चौधरीको संयोजकत्वमा स्वयमसेवक, दिलिप दासको संयोजकत्वमा लाइट व्यवस्थापन, हेमलता चौधरीको संयोजकत्वमा अतिथी सत्कार, देवेन्द्रकुमार सिंहको संयोजकत्वमा शान्ति सुरक्षा, राजकुमार साहको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम, प्रेमचन्द्र चौधरीको संयोजकत्वमा सामाजिक समन्वय, उपेन्द्र प्रधानको संयोजकत्वमा स्वास्थ्य रामेश्वर द्विवेदीको संयोजकत्वमा छठ पूजा एवम् वृहत साँस्कृतिक कार्यक्रम, सत्यनारायण चौधरीको संयोजकत्वमा प्रसाद वितरण उपसमिति बनाइएको प्रचारप्रसार उपसमिति संयोजक सत्रुघनप्रसाद गुप्ता रौनियारले जानकारी दिए

२२ गते नहाय खायका दिनबाट शुरु भएको यस बर्षको छठ २५ गते विहिबार विहानको सूर्यलाई अर्घ दिएर समापन हुँदैछ बुधबार सन्ध्या अर्घ दिन ब्रतालुहरु घाटमा पुग्ने गर्दछन वुधबार दिनको बजे माननीय पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिने समितिले जनाएको   

पूजास्थल बिर्तामोडमै उपलब्ध गराउन पहल

बर्षेनी ठूलो धनराशी खर्च गरेर गरिने पूजाका लागि बिर्तामोड नगरपालिका भित्रै स्थल उपलब्ध गराउन पहल भईरहेको महासचिव मनोजकुमार साहले जानकारी दिए बिर्तामोड भित्रको अदुवा खोला प्रदुषित भएको अन्य पोखरीहरुको उचित व्यवस्थापन नभएका कारण बिरिङ खोलामा पूजा आयोजना गर्नु समितिको बाध्यता रहेको सल्लाहकार देवेन्द्रकुमार सिंहले बताए बिर्तामोडको बिराटपोखरमा रहेको पोखरीमा पूजाका लागि व्यवस्थापन गर्ने बिषयमा नगरपालिकासँग छलफल भइरहेको उनले बताए उक्त पोखरीमा छठ पूजा गर्ने वातावरण मिले समितिले समेत पोखरीको भौतिक पूर्वाधार निर्माणमा लगानी गर्ने अध्यक्ष राजकुमार गुप्ताले बताए   

सम्बन्धित समाचार