‘नवराज शंकर प्रतिष्ठान’ स्थापना
बिर्तामोड । इलाममा ‘नवराज शंकर प्रतिष्ठान’ स्थापना गरिएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएका नेकपा एमाले इलामका नेता तथा सामाजिक ब्यक्ति नवराज शंकरको नाममा प्रतिष्ठान स्थापना गरिएको हो ।
एक कार्यक्रमका बिच वुधबार इलाममा प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानकी अध्यक्ष विजु लकान्द्रीले जानकारी दिइन । विजु दिवगंत शंकरकी पत्नि हुन । प्रतिष्ठानले नवराजले योगदान पु¥याएको सामाजिक क्षेत्रको बारेमा अध्ययन अनुसन्धान, प्रकाशन, शंकरको ब्यक्तित्व स्थापित गर्न काम गर्ने, युवाहरुलाई रचनात्मक कामको लागि उत्प्रेरित गर्ने, अक्षय कोषको स्थापना, एम्बुलेन्स सञ्चालन लगायतका काम गर्ने लक्ष्य राखेको छ । शंकर राजनीति संगै विभिन्न सामाजिक संस्थामा क्रियाशील थिए । नवराज शंकर २० वटा भन्दा बढि राजनीतिक तथा सामाजिक क्षेत्रमा आवद्ध रहेको इलाम नगरपालिका दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराइलीले जानकारी ।
बुधबार नै नवराज शंकरले लेखेको ‘दलित आन्दोलन र अनुभूति’ नामक पुस्तक लोकार्पण गरिएको छ । शंकरले यस अघि दुईवटा किताव ‘समाजसेवी काले दमाई’ र ‘सकरात्मक विभेदको अवधारणा’ लेखेका छन । शंकर गत वैशाखमा २२ गते कोरोनाबाट संक्रमित भएका थिए । उनको उपचारकै क्रममा जेठ २ गते ३४ वर्षको उमेरमा मृत्यु भएको थियो ।
उनी नेकपा एमाले इलामको सचिवालय सदस्य तथा कार्यालय सचिव, जिल्ला युवा समिति, जिल्ला बाल संगठनको समेत अध्यक्ष थिए ।
प्रतिष्ठनको संरक्षक नवराज शंकरका बुवा उमाकान्त विश्वकर्मा, उपाध्यक्ष देवेन्द्र विश्वकर्मा, सचिव इश्वरी तामाङ्ग र कोषाध्यक्ष सुरेश पोर्तेल रहेका छन् ।