२०८३ बैशाख ६ गते , आईतबार

मोटरसाइकल दुर्घटना हुँदा झापामा एकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २६ गते , शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा झापामा एकको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा कमल ५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०४१प २००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा पछाडि सवार इटहरी २० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार